१५ असार २०८३, सोमबार

पश्चिम अफगानिस्तानमा भिडन्त, ११ सुरक्षा अधिकारीको मृत्यु

फागुन २८, २०७५
पश्चिम अफगानिस्तानमा भिडन्त, ११ सुरक्षा अधिकारीको मृत्यु

काबुल– अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिवान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरू दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ । 

प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमवार राति दर्जनौं सङ्ख्यामा सशस्त्र तालिवान लडाकूहरू बन्दुक र भारी हातहतियारका साथ भीषण आक्रमण गरेको प्रान्तीय सरकारका प्रमुख जियाउला हक फिरोजले जानकारी दिएका छन् । 

यद्यपि यस झडपमा परी कैयौं आतंककारी पनि मारिएका तथा घाइते भएका फिरोजले दाबी गरेका छन् । 

यो स्थान अफगानिस्तानको राजधानी काबुलबाट ५५५ किलोमिटर टाढा छ । 

गत आइतवार पनि बाला मुर्घाब जिल्लामा रहेको सेनाको शिविरमा तालिवान लडाकू समूहले गरेको आक्रमणमा २० भन्दा बढी सैनिक मारिनुको साथै २८ जना घाइते भएका थिए ।

Photo : Tolonews

salt training

कमेन्ट गर्नुहोस्