०१ असार २०८३, सोमबार

जस्टिन बिबरको कन्सर्टमा यी नायिकाको पनि हुनेछ धमाकेदार प्रस्तुति

कात्तिक २०, २०७४
जस्टिन बिबरको कन्सर्टमा यी नायिकाको पनि हुनेछ धमाकेदार प्रस्तुति
मुम्बई - अभिनेत्री सोनाक्षी सिन्हाले भारतमा हुन जस्टिन बिबरको कार्यक्रममा धमाकेदार प्रस्तुति दिने भएकी छिन् ।

सोनाक्षीले भारतीय सञ्चारमाध्यमको एक कार्यक्रममा भनेकी छिन् कि, ‘म जस्टिनकी फ्यान हुँ । आज दुनियाँभर उनका प्रशंसक छन् । म त्यो दिनको पर्खाइमा छु ।’

बिबरको ‘पर्पर वर्ल्ड टुर’ मुम्बईमा १० मे मा हुँदैछ । सोनाक्षीले अहिले एक नयाँ एकल गीतमा काम गरिरहेकी छिन् । उक्त गीत सोनाक्षीले सोही कार्यक्रममा जारी गर्नेछिन् ।

अभिनेत्री सोनाक्षी गीतमा पनि आफूलाई स्थापित गर्न चाहेको र यो समय उनका लागि महत्वपूर्ण अवसर हुनसक्ने पनि भारतीय मिडियाले जनाएका छन् । सोनाक्षीले लाइभ प्रस्तुतिका लागि आफ्नो इच्छा भएको पनि भनेकी थिइन् ।

-एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्