२६ असार २०८३, शुक्रबार

युएईमा प्रतिबन्ध यो औषधी बोकेमा परिएला कानुनी फन्दामा

कात्तिक २०, २०७४
युएईमा प्रतिबन्ध यो औषधी बोकेमा परिएला  कानुनी फन्दामा
दुबई, – युएइको स्वास्थ्य मन्त्रालयले युएईमा ‘फ्लुमोक्स’ नामक औषधी निषेध गरिएको छ । र, युएई यात्रामा आउने जो कोहीलाई पनि उक्त औषधी बोकी नल्याउन सचेत गराएको छ ।

उक्त औषधीसँग सम्बन्धित प्रचारक भिडियो सामाग्री समेत सेयर नगर्न मन्त्रालयले उर्दी जारी गरिएको छ । इजिप्टको इपिको नामक संस्थाबाट उत्पादन गरिएको उक्त ‘फ्लुमोक्स’ औषधीको भिडियो सामाग्री सेयर नगर्न सचेत गराएको छ ।

मन्त्रालयले उक्त औषधीको भिडियो सेयर गर्ने व्यक्तिलाई समेत युएईमा प्रवेश निषेध गरिने जनाएको छ । इजिप्टको उच्चकोटीको औषधी भनेर प्रचार गरिएको उक्त औषधी उत्पादन कम्पनीले देशमा खराब छवी उत्पन्न गरेको भन्दै मन्त्रालयले  निषेध गरेको छ ।

पब्लिक हेल्थ पोलिसीका सचिव डा. अमिन हुसैनले युएईमा बिक्रीका लागि निषेध गरिएको बताए । साथै उक्त औषधीको भिडियो तथा प्रचार सामाग्री सेयर नगर्न समेत उनले बताए । गल्फ न्यूज

salt training

कमेन्ट गर्नुहोस्