१२ असार २०८३, शुक्रबार

सुन तस्करी प्रकरणमा मुछिएका न्यायाधीशमाथिको छानबिन यसकारण लम्बियो

फागुन २९, २०७५
सुन तस्करी प्रकरणमा मुछिएका न्यायाधीशमाथिको छानबिन यसकारण लम्बियो

काठमाडौं  – ३८ केजी सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा न्यायिक विचलनको आशंका उत्पन्न भएपछि जिम्मेवारीमुक्त गरिएका उच्च अदालतका ८ न्यायाधीशमाथिको छानबिन लम्बिने भएको छ। छानबिन समितिको थपिएको एकमहिने म्याद पनि फागुन मसान्तमा सकिँदै छ।

मुद्दाका सबै पक्षमाथि विस्तृत अध्ययन गर्नुपर्ने भएकाले थपिएको म्यादमा छानबिन नसकिएको हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा नेतृत्वको न्याय परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेलसहित ८ न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको संयोजकत्वमा समिति गठन गरेको थियो।

सुन तस्करीका अभियुक्तको सुनुवाइ प्रकरणमा परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल, नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल, उमेशकुमार सिंह, जनक पाण्डे र साधुराम सापकोटालाई परिषद्मा तानेको थियो। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्