११ असार २०८३, बिहीबार

मोदीलाई गरेको व्यंग्य भारतीय सांसद लाम्बालाई भयाे भारी, नेपालीसँग मागिन् माफी

फागुन २९, २०७५
मोदीलाई गरेको व्यंग्य भारतीय सांसद लाम्बालाई भयाे भारी, नेपालीसँग मागिन् माफी

काठमाडौं–भारतको आम आदमी पार्टीकी नेतृ अलका लाम्बाले प्रधानमन्त्री मोदीलाई व्यंग्य गर्ने क्रममा नेपाल र नेपालीका बारेमा गरेको अपमानजनक ट्विटप्रति माफी मागेकी छन् । सामाजिक सञ्जालमा उनको ट्विटलाई लिएर आक्रोश पोखिएपछि उनले माफी मागेकी हुन् । लाम्बा आम आदमी पार्टीको तर्फबाट दिल्ली विधान सभामा सांसद रहेकी छिन् ।  

मङ्गलवार बिहान भारतीय समय ८ः३० बजे आगामी भारतीय लोकसभाको निर्वाचनको सन्दर्भमा गरिएको ट्विटमा उनले लेखेकी थिइन– ‘प्रिय भारतवासीहरू, कृपया यो पटक प्रधानमन्त्री छान्नुहोला, चौकीदार त नेपालबाट पनि ल्याउन सकिन्छ । नेपालको चौकीदार चोर हुँदैनन् ।’ प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित सो ट्विटले नेपाल र नेपालीलाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध आक्रोश पोखिएको थियो । सामाजिक सञ्जालमा नेपाली र भारतीयले समेत उनको ट्विटको विरोध गरेपछि लाम्बाले सो ट्विट मेटेर दुःख व्यक्त गरेकी छिन् ।

मेरो एउटा ट्विटले नेपालका मानिसहरूलाई दुःख पुगेको छ जसको लागि म आफ्नो छिमेकी देश नेपालका नागरिकहरूप्रति दुःख व्यक्त गर्दछु । ट्विट गरेको करिब छ घण्टापछि त्यसलाई मेट्दै लाम्बाले माफी मागेर अर्को ट्विट लेखेकी छिन् । उनले आफ्नो ट्विटले नेपालीहरूलाई दुःख पुगेको तर आफ्नो आशय त्यो नभएको भन्दै दुःख पनि व्यक्त गरेकी छिन् । 

उनले लेखेकी छन्, ‘पता चला है कि मेरे एक ट्वीट से नेपाल के लोगों को दुःखद पहुँचा है, मैं इसके लिये अपने पड़ोसी देश नेपाल के लोगों से खेद व्यक्त करती हूँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी । मैंने आपकी भावनाओं का ध्यान रखते हुए ट्वीट को हटा दिया है ।’

salt training

कमेन्ट गर्नुहोस्