
काठमाडौं -नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयप्रति सत्तारुढ दलकै सांसदले असन्तुष्टि जनाएका छन् ।
पूर्व सञ्चारमन्त्रीसमेत रहेका सांसद राम कार्कीले सामाजिक सञ्जाल फेसबूकमार्फत सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।
'समाजवादतर्फ ठोस पाइला चालेर विप्लवको राजनीतिलाई औचित्यहीन बनाउन चुक्दैछौं हामी,' कार्कीले फेसबूकमा लेखेका छन्, 'प्रतिबन्ध हाम्रो आफ्नै अनुभव मनन गर्दा आगोमा बारुद हालेर निभाउने प्रयास सावित नहोस् ।'
यस्तो छ उनको स्टाटस :
सिद्धान्तमुक्त राजनीति = नो रणनीति
कार्यनीति + कार्यनीति + कार्यनीति = अवसरवाद
जे आइपर्छ त्यही गर्ने = सुविधाको राजनीति
समाजवादतर्फ ठोस पाइला चालेर विप्लवको राजनीतिलाई औचित्यहीन बनाउन चुक्दैछौं हामी ।
प्रतिबन्ध = हाम्रै आफ्नै अनुभव मनन गर्दा आगोमा बारुद हालेर निभाउने प्रयास सावित नहोस् ।