सप्तरी- सप्तरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
बुधवार पूर्वपश्चिम राजमार्गअन्तर्गत कुसहामा विपरित दिशातर्फबाट आइरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।