०४ असार २०८३, बिहीबार

राप्रपाको स्वाभिमान यात्रा काठमाडौं प्रवेश गर्यो

फागुन २९, २०७५
राप्रपाको स्वाभिमान यात्रा काठमाडौं प्रवेश गर्यो

काठमाडौं । राप्रपाले संचालन गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान बुधबार काठमाडौं उपत्यका प्रवेश गरेको छ ।

काठमाडौंको नागढुङ्गामा काठमाडौं जिल्लाले मोटरसाइकल र्‍याली सहित भब्य स्वागत गरेको छ ।पोखराबाट आज यात्रा तनहुँ र धादिङको विभिन्न स्थानमा सभा गरि काठमाडौं उपत्यका प्रवेश गरेको हो। 

पार्टीले आजै ललितपुरको जावलाखेलमा कोणसभा गरेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

ताप्लेजुङबाट गत फागुन १५ गते देखि शुरु भएको यात्रा महाकालीको कंचनपुर पुगि पाल्पा, स्याङ्जा , कास्की तनहु हुँदै काठमाडौं आएको हो । 

यात्राको समापन चैत १ गते भक्तपुरमा सभा गरि कलश यात्राका साथ भृकुटीमण्डपमा सभा गरि सम्पन्न हुने सहायक महामन्त्री बर्तौलाले बताए । सभालाई राप्रपा अध्यक्ष कमल थापा लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्