
काठमाडौं – चीनमा लुटपाटको एक अनौठो घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एक चोरले महिलालाई एटीममा लुटेपछि गरेको हर्कत देखेर मानिस छक्क परे । घटनाको भिडियो हेरेर मानिसले चोरको प्रशंसा गरिरहेका छन् ।
चीनको हेयुआन शहरमा यो घटना भएको हो । एक महिला आईसीबीसी बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दा एक चोर आइपुग्छ । ऊ महिलालाई चक्कु देखाएर पैसा लुट्छ ।
महिला डराएर एटीएमबाट निकालेको २५ सय युआन चोरलाई दिन्छिन् ।
चोरले त्यो पैसा लिएपछि एटीएम मशिनमा उसको बैंक ब्यालेन्स दिन लगाउँछ । एटीएममा हेर्दा त महिलाको बैंक खातामा पैसै नबचेको देख्छ ।
त्यो देखेपछि चोरको दिमाग घुम्छ र उसले हाँस्दै २५ सय युआन फर्काउँछ ।
मनिसहरूले भिडियो हेरेर चोरमाथि जोक बनाइरहेका छन् ।
एजेन्सी