१६ असार २०८३, मंगलबार

बाँकेमा एमाले र मोर्चा कार्यकर्ताबीच तनाब, प्रहरीको हवाई फायरमा दुई घाइते

कात्तिक २०, २०७४
बाँकेमा एमाले र मोर्चा कार्यकर्ताबीच तनाब, प्रहरीको हवाई फायरमा दुई घाइते
काठमाडौं, १ चैत - बाँकेको सोनपुरमा एमाले र मोर्चाका कार्यकर्ताबीच तनाब बढेपछि प्रहरीले हवाई फायर गरेको छ । नेपालगञ्जमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी बन्न आएका एमाले कार्यकर्ता र मोर्चाका कार्यकर्ताबीच सोनपुरमा तनाब बढेको हो । कार्यक्रममा जाँदै गरेका एमाले कार्यकर्तालाई मोर्चाका कार्यकर्ताले बाटो छेक्न खोजेपछि तनाब सुरु भएको थियो ।

स्थितिलाई थप भड्कीन नदिनको लागि प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरेको हो । तनाबका क्रममा दुई जना घाइते भएका छन् । एमाले र मोर्चाका कार्यकर्ताबीच भइरहेको तनाबको बेलामा मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्ने प्रयास गरेका थिए ।

सोही कारणले हवाई फायर गरिएको बाँके प्रशासनले जनाएको छ । तर मोर्चाका नेताहरुले चाहिँ आफ्ना कार्यकर्ताले हतियार खोस्ने प्रयास नगरेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्