०४ असार २०८३, बिहीबार

सुर्खेतमा एक बालिका सामूहिक बलात्कृत

चैत १, २०७५
सुर्खेतमा एक बालिका सामूहिक बलात्कृत

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा एक बालिका सामुहिक बलात्कृत भएको छ । वीरेन्द्रनगर नगरपालिका–९ स्थित कांक्रेविहार जंगलमा एक बालिका सामूहिक बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

वीरेन्द्रनगरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

‘गत आइतबार स्कुलबाट घर जाँदै गरेकी बालिकालाई वीरेन्द्रनगर–९ का १९ वर्षीय प्रमेश रावत र २० वर्षीय सागर चौधरीले बाटोबाटै अपहरण गरी कांक्रेविहार जंगल पुर्याएर बलात्कार गरेका हुन्,’ क्षत्रीले भने, ‘बलात्कारमा संलग्नमध्ये रावतलाई मंगलबार पक्राउ गरिसकेका छौं भने चौधरीको खोजी भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्