१० असार २०८३, बुधबार

क्राइस्टचर्च आक्रमणमा पाँच बन्दुकको प्रयोग, अब बन्दुक सम्बन्धी कानून परिर्वतन हुने

क्राइस्टचर्च आक्रमणमा पाँच बन्दुकको प्रयोग, अब बन्दुक सम्बन्धी कानून परिर्वतन हुने

न्युजिल्याण्ड– न्युजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जितदमा ४९ जनाको ज्यान जाने गरी भएको आक्रमणका आक्रमणकारीलाई शनिबार अदालत पेस गरिने भएको छ । तर, प्रहरीले आक्रमणकारीको नाम भने गोप्य राखेको छ । 

घटनामा २८ वर्षिय युव संलग्न भएको बताएको छ । घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेका हुन् । अन्य दुईजनाको भूमिकाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिन्डा अर्डर्नले हमलाकारी युवक अष्ट्रेलियाका नागरिक रहेको बताएकी छन् । बीबीसीका अनुसार उनले आक्रमणपछि देशमा बन्दुक राख्ने सम्बन्धी कानूनमा परिर्वतन गरिने बताएकी छन् । उनले आक्रमण सुनियोजित रुपमा भएको बताइन् । आक्रमणमा पाँच बन्दुकको प्रयोग भएको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्