१६ असार २०८३, मंगलबार

साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराउन नेपालको दाउ

साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराउन नेपालको दाउ

विराटनगर– विराटनगरको शहीद रंगशालामा नेपाली महिला खेलाडीहरू शनिवार हुने बंगलादेशसँगको खेलको पूर्व तयारीमा थिए । गुरुले खेलाडीलाई सिकाउँदै थिए भने खेलाडीहरू उत्साहका साथ बंगलादेशसँगको खेल जित्ने योजना बनाउँदै गरेका देखिन्थे ।

नेपाली महिला टिमकी क्याप्टेन निरु थापा कोचले सिकाए अनुसारको खेल प्रदर्शन गरेर बिजेता हुने दाउमा छिन् । बंगलादेशको खेल पनि राम्रो रहेकोले उनीहरूसँग केही टेक्निकल रुपमा खेल्नु पर्ने अवस्था रहेको उनले बताइन् । नेपाली महिला टिमकी क्याप्टेन बंगलादेशको भन्दा नेपाली टिम राम्रो भएकोले सहजै जित हात लाग्नेमा ढुक्क छिन् ।

भुटानसँग खेलेको भन्दा केही डराएर खेल्नु पर्ने अवस्था भने रहेको नेपाली टोलीको भनाई छ । नेपाली टोलीमा देखिएको आक्रमण र डिपेन्सलाई ध्यान दिएर खेल्नु पर्ने निरु बताउँछिन् । भुटानसँगको केही त्रुटीलाई औल्याउँदै बंगलादेशसँगको तयारीमा रहेको नेपाली महिला टोली बंगलादेशलाई पाखा लगाउने दाउमा छ ।

बंगलादेशसँगको खेलको लागि नेपाली पूर्ण तयारी अवस्थामा छ । जितको लागि खेल खेल्ने भएकोले बंगलादेशसँगको खेलमा क्लीन चिट लिएर निस्कने दाउमा  नेपाली कोच छन् ।  भुटानसँग केही समस्या भएको महसुस गरेका नेपाली कोेच बंगलादेशसँगको खेल आक्रमक खेलाउने दाउमा छन् ।

नेपाली महिला फुटवल टोलीका कोच हरि खड्का बंगलादेशलाई जितेर गु्रप विजेता हुँदै सेमीफाइनलमा पुग्ने दाबी गर्छन् । ‘बंगलादेश, भारत र नेपाल दक्षिण एसियामा  स्थापित टिम हुन्, खड्काले भने,  ‘बंगलादेश भन्दा बलियो टोली नेपाल हो, हामी निश्चित जित्छौँ ।’ भुटानसँग पहिलो खेल खेलेको नेपालले भुटानलाई नै हराएको बंगलादेशसँग खेल्दैछ ।

दुबै देशले भुटानलाई हराएकोले दुबै देशले कुन खेलाडी कस्तो भनेर आँकलन गरिसकेका छन् । भुटानलाई हराएर आएको बंगलादेशको खेललाई हेरेर नेपालले योजना बनाइसकेको छ  । बंगलादेशका केही खेलाडीलाई नेपालले राम्रा खेलाडीको रुपमा लिएकोले केही योजना परिवर्तन गर्ने सोचमा नेपाली कोच छन् । अहिलेसम्म देखाएको खेलहरुबाट स्टाइकरमा नेपाल दक्षिण एसियामै  राम्रो रहेकोले स्टाईकरले आफ्नो क्वालिटी अनुसार खेल्ने आशा गरिएको छ ।

यस्तो छ अवस्था 
बंगलादेशबाट शुरु भएको साफको पाचौं संस्करणसम्म आइपुग्दा बंगलादेश र नेपालबीच दुई पटक भिडन्त भएको छ । जसमा गोर्खाली टोलीले बंगाल टाइगरलाई दुवैपटक पराजित गर्न सफल भएको छ । फिफा महिला वरियताको १ सय २५ औं स्थानमा रहेको बंगलादेशले साफमा कुल १६ वटा खेलमा सहभागिता जनाएको छ । 

जसमा ८ जित, १ बराबरी र ७ हार रहेको छ । त्यसैगरि, नेपाली टोलीले कुल २० खेलमा १६ मा जित र ४ मा हार ब्यहोरेको छ । त्यसैगरि नेपालले पछिल्लो पाँचवटा अन्तर्राष्टिय खेलमा ३ मा जित २ मा हार वेहोरेको छ । नेपालले भारतमा आयोजित वुमन्स गोल्डकप इरानलाई ३ शुन्य, भारतलाई १ का विरुद्ध २ र साफमा भुटानलाई तीन शुन्यले पराजित गरेको छ।

त्यसैगरी, वुमन्स गोल्डकपमै म्यानमारसंग भने पहिलो खेलमा ३ शुन्य र उपाधी भिडन्तमा १ का विरुद्ध ३ गोलले पराजित भएको थियो । त्यसैगरी बंगलादेशले पछिल्लो पाँच अन्तर्राष्टिय खेलमा ३ मा जित २ मा हार ब्यहोरेको छ । नेपाली टोलीको भर पुनः एकपटक अनुभवी कप्तान निरु थापामाथि रहने देखिएको छ । ३६ क्याप जितेकी निरुले हालसम्म ११ गोल गरिसकेकीछिन् ।

त्यसैगरी, टोलीमा अनुभवी स्ट्राइकर सावित्रा भण्डारीपनि महत्वपूर्ण हतियारका रुपमा रहनेछिन् । भण्डारीले अन्तर्राष्टिय खेलमा २६ क्याप जितेकीछिन् भने, टोलीमै सर्बाधिक २५ गोल गरेकीछिन् । त्यसैगरि नेपाली टोलीमा युवा गोलकिपर अन्जली तुम्बाफोको अनुभव बंगलादेशविरुद्ध काम लाग्नेछ । पहिलो रोजाइको किपर तुम्बाफोले १६ क्याप जितेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्