२४ जेठ २०८३, आइतबार

रोहितको कप्तानीमा यू–१९ क्रिकेट टोली घोषणा, को-को परे टीममा ?

रोहितको कप्तानीमा यू–१९ क्रिकेट टोली घोषणा, को-को परे टीममा ?

काठमाडौं- रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) यू–१९ क्रिकेट वर्ल्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली शनिवार घोषणा गरिएको छ । 

यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले जानकारी दिए । १८ सदस्यीय नेपाली टोलीमा कप्तान रोहितसँगै आशिफ सेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रवीकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् । 

नेपाली टोली वर्ल्डकप क्वालिफायरको तयारीका लागि भारत जाने र त्यसपछि १४ सदस्यीय अन्तिम टोली घोषणा हुने प्रशिक्षक दासले जानकारी दिए । ५२ खेलाडीबाट १८ खेलाडी छानिएका हुन् । यू–१९ वर्ल्डकपको एशियन क्वालिफायरका खेल आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुँदैछ । 

मलेसिया जानुअघि नेपालले भारतमा समेत अभ्यास खेलहरू खेल्नेछ । अभ्यास खेलका लागि आजै नेपाली टोली भारत गएको छ । नेपाली टोलीमा फिजियो विनोद न्यौपाने र एनालिस्ट सुरज रत्न शाक्य पनि भारत गएका छन् । भारतमा नेपाली टोलीलाई ब्याटिङ कन्सलटेन्टमा अपूर्व देसाई र ट्रेनरका रूपमा सुवास पात्रोले सहयोग गर्ने प्रशिक्षक दासले जानकारी दिए । नेपालले भारतमा रहँदा आन्द्र प्रदेश क्रिकेट टोलीसँग चारवटा अध्यास खेल खेल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्