२२ जेठ २०८३, शुक्रबार

आगलागीमा १० घर नष्ट

आगलागीमा १० घर नष्ट
प्रतिकात्मक तस्वीर

लहान- हावाहुरीसँगै सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा शनिवार दिउँसो भएको आगलागीमा १० घर जलेर नष्ट हुँदा करीब २६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । 

स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा स्थानीय आठ परिवारको १० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको नगद, खाद्यान्न, फर्निचर, लुगा, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ । 

लहान नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको बताइएको छ । आगलागी के कारणले भयो भन्ने खुल्न नसकेको स्थानीयको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्