११ साउन २०८३, सोमबार

ग्रान्डी इन्टरनेसनल हस्पिटल र कामना सेवा बैंकबीच छुट सम्झौता

ग्रान्डी इन्टरनेसनल हस्पिटल र कामना सेवा बैंकबीच छुट सम्झौता

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेड र ग्रान्डी इन्टरनेसनल हस्पिटलबीच विशेष छुट पाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब बैंकका प्रिपेड डेबिट कार्डका ग्राहकले ग्रान्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहक लाभाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट  डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङका प्रमुख सुवास भट्टराई र ग्रान्डी इन्टरनेसनल हस्पिटलको तर्फबाट मार्केटिङ एण्ड बिजनेश डेभलपमेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरेका थिए ।

काठमाडौं–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैैंकले देशका विभिन्न भागमा ७३ वटा शाखा तथा २९ वटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवा थप गर्दै जाने बैंकको योजना छ ।

salt training

कमेन्ट गर्नुहोस्