२४ जेठ २०८३, आइतबार

महिला साफ : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

महिला साफ : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

विराटनगर- विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा नेपाल समूह विजेता भएकाे छ ।

शनिवार विराटनगरकाे शहिद रङ्गशालामा  भएकाे खेलमा ब‌गलादेशलाई ३-० गाेल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता भएकाे हाे ।

खेलको छैटौं मिनेटमा बङ्गलादेशको आत्माघाती गाेलको मदतले नेपालले अग्रता लियो । मनमाया लिम्बुले प्रहार गरेकाे बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनकाे हेडमा आत्माघाती गाेलले नेपाललाई फाइदा पुगेकाे हाे । खेलकाे २३ औं मिनेटमा नेपालकाे तर्फबाट अर्काे गाेल गर्‍यो । हिराकुमारी भुजेलकाे पासमा साबित्रा भण्डारीले हानेकाे गोलनै नेपालकाे लागि दाेश्राे गाेल बन्याे । त्यस्तै खेलको २८ औं मिनेटमा मन्जली कुमारी याेन्जनले नेपालका लागि तेस्रो गोल गरिन् । 

२ खेलमा ६ अंक जोडेको नेपाल समूह विजेताको रूपमा अन्तिम ४ मा स्थान पक्का गर्‍यो । 

salt training

कमेन्ट गर्नुहोस्