१५ असार २०८३, सोमबार

सलमानको टीभीमा कपिल शर्माको शो !

सलमानको टीभीमा कपिल शर्माको शो !

नयाँदिल्ली– बलिउडका सुपर स्टार सलमान खानले आफ्नै नयाँ टेलिभिजन च्यानल खोल्ने चर्चा चलेको छ । फिल्मी क्षेत्रमा मात्र नभएर टेलिभिजन शोमा र टीभी इन्डस्ट्रीमा पनि जमेका छन् । बिग बास उनको लोकप्रिय टीभी कार्यक्रमका रुपमा रहेको छ । 

उनले भारतीय कमेडियन कपिल शर्मा शो को नयाँ सिजन बनाइ रहेका छन् । सल्मानको प्रोडक्सन कम्पनी एसकेटीभीको ब्यानरमा कपिल शर्मा शो बनिरहेको हो । आजतकका अनुसार सलमान खानले ठूलो योजना बनाइरहेका छन् । 

जनु उनको आफ्नै टीभी च्यानल लञ्च गर्ने तयारीमा छन् । स्रोतका अनुसार सलमानले लञ्च गर्ने नयाँ च्यानलमा कपिल शर्मा शो समावेश गर्ने तयारीमा छन् । टेलिभिजन शोको प्रोडक्सन शुरु गरेका सल्मानले लाइसेन्स पाएमा कपिल शर्मा शो आफ्नो च्यानलमा सिफ्ट गर्न सक्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्