०१ असार २०८३, सोमबार

नेपालमा पनि आवश्यक छ ड्रोनको प्रयोग

कात्तिक २०, २०७४
नेपालमा पनि आवश्यक छ ड्रोनको प्रयोग

ललितपुर, चैत २ - अन्य मुलुकमा जस्तै नेपालको पनि कृषि, पूर्वाधार विकास, भौगर्भिक नक्सा निर्माण, ट्राफिक व्यवस्थापन, सामान ढुवानी, सुरक्षा निगरानी, विपद्का समयमा खोजी तथा उद्धारजस्ता दर्जनौँ प्रयोगका लागि ड्रोनको प्रयोग हुनसक्ने त्यस क्षेत्रका विज्ञहरूले बताएका छन् ।dron camera
नेपालजस्तो जटिल भूबनावट भएको क्षेत्रमा ड्रोनको उपयोगिता अझ बढी हुने त्यस क्षेत्रमा कार्यरतहरूको दाबी छ । ड्रोनको प्रयोगबाट कुनै पनि क्षेत्रको कामलाई गति दिन र कम जनशक्तिबाट थोरै समयमा धेरै काम गर्न सकिने उनीहरुको धारणा रहेको खबर गोरखापत्रमा खबर छ ।

ड्रोन क्लोज सर्किट टीभी (सीसीटीभी)सहितको उड्ने यन्त्र हो । यसमा निश्चित दूरीसम्म उड्नसक्ने, तस्बिर खिच्ने, मेसिन कहाँ छ भन्ने जानकारी दिनसक्ने प्रविधि जडान गरिएको हुन्छ । यस्ता ड्रोनहरू विशेष गरी दुई प्रकारका हुन्छन् । एउटा फिक्स्ड विङ्स भएको, अर्को रोटरी विङ्स सहितको ।
फिक्स्ड विङ्स भएका ड्रोन विशेष गरी ठूलो क्षेत्रफलको नापनक्साका लागि प्रयोग हुने गरेको छ भने रोटरी विङ्स भएका ड्रोन सामान ढुवानी गर्न र भिडियोग्राफीका लागि प्रयोग हुने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्