१० असार २०८३, बुधबार

गोआका मुख्यमन्त्री मनोहर पर्रिकरको अन्तिम संस्कार आज

गोआका मुख्यमन्त्री मनोहर पर्रिकरको अन्तिम संस्कार आज

काठमाडौं – भारतको गोआ राज्यका मुख्यमन्त्री मनोहर पर्रिकर तथा पूर्व रक्षामन्त्री मनोहर पर्रिकरलाई राजकीय सम्मानका साथ सोमवार अन्तिम संस्कार गरिने भएको छ । 

क्यान्सरबाट लामो समय आक्रान्त रहेका पर्रिकरको मृत्यु आइतवार भएको हो । 

उनको पार्थिव शरीरलाई भारतीय जनता पार्टीको गोआ कार्यालयमा राखिएको छ । पार्टी कार्यकर्ताहरूले उनको पार्थिव शरीरमा सम्मान प्रकट गरिरहेका छन् । 

केही समयपछि उनको पार्थिव शरीर कला एकेडमी लगिनेछ । त्यो स्थान भाजपा कार्यालयबाट लगभग तीन किलोमिटर पर छ । त्यहाँ सर्वसाधारणले उनीप्रति सम्मान दिनेछन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह पनि केही बेरमा गोआ पुग्ने कार्यक्रम छ । 

पर्रिकरको देहान्त भएको केही घन्टापछि गोआमा राजनीतिक अनिश्चितता जारी छ । भाजपा र गठबन्धन दल आगामी मुख्यमन्त्रीको सवालमा सम्मतिमा पुग्न सकेका छ्रैनन् । 

केन्द्रीय मन्त्री तथा वरिष्ठ भाजपा नेता नितिन गडकरी आइतवार राति गोआ पुगेका हुन् । उनले गठबन्धन साझेदार र भाजपाका विधायकहरूसँग समस्या समाधानका लागि वार्ता गरेका छन् । 

सहप्रवक्ता माइकल लोबोले विस्तृत रूपमा नखुलाएपनि महाराष्ट्र गोमन्तक पार्टीका नेता सुदिन धवलिकरले आगामी मुख्यमन्त्री बन्न चाहेको पत्रकारहरूलाई बताए । 

विपक्षी कांग्रेस पार्टीले फेरि एकपटक गभर्नर मृदुला सिन्हालाई पत्र लेख्दै आफूहरूको सरकार बन्नुपर्ने दाबी राख्यो । भाजपा नेतृत्वको सरकारका गठबन्धन साझेदारले पर्रिकर मुख्यमन्त्री हुँदा मात्र सरकारलाई समर्थन दिने बताएकाले भाजपासँग साझेदार नरहेको कांग्रेसको तर्क छ । 

मनोहर पर्रिकरको मृत्युसँगै गोआ विधानसभाको ४० सदस्यीय विधायिकामा ३६ विधायक मात्र बाँकी छन् । भाजपाका विधायक फ्रान्सिस डीसूजा गत महिना बितेका थिए भने कांग्रेसका दुई सदस्यले गत वर्ष राजीनामा दिएका थिए । 

दी इन्डियन एक्सप्रेसबाट

salt training

कमेन्ट गर्नुहोस्