२४ जेठ २०८३, आइतबार

लोकमानमाथि ६ वटा विषयमा छानबिन गर्न संसद्को निर्देशन

कात्तिक २०, २०७४
लोकमानमाथि ६ वटा विषयमा छानबिन गर्न संसद्को निर्देशन
काठमाडौं, २ चैत-सर्वोच्च अदालतको आदेशले अख्तियार प्रमुखबाट हटाइएका लोकमानसिंह कार्कीमाथि ६ वटा विषयमा छानबिन गर्न संसद्ले निर्देशन दिएको छ ।lokman
व्यवस्थापिका–संसद्को मंगलबार बसेको बैठकमा महाअभियोग सिफारिस समितिको प्रतिवेदनलाई स्वीकृत गरेको छ । महाअभियोग सिफारिस समितिले ६ वटा विषयमा अनुसन्धान गर्न संसद्मा प्रतिवेदन बुझाएको खबर राजधानीमा खबर छ ।

समितिको प्रतिवेदनले अख्तियार प्रमुखको हैसियतबाट कार्कीले गरेका गल्तीलाई सरकारको सम्बन्धित निकायले छानबिन तथा अनुसन्धान गर्न निर्देशन दिने भन्ने सभामुखको प्रस्तावलाई संसद्ले सर्वसम्मतिले स्वीकृति दिएको थियो । गत ३ कात्तिकमा संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गरी महाअभियोग सिफारिस समितिमा पठाइएको थियो । सिफारिस समितिले गत २८ माघमा प्रतिवेदन सभामुखलाई बुझाएको थियो ।

माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमालेका प्रमुख सचेतक भानुभक्त ढकालसमेत १ सय ५७ जना सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त भएका लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्