३१ असार २०८३, बुधबार

भारतीय काँग्रेस महासचिव प्रियंकाले सुरु गरिन् गंगायात्रा

चैत ४, २०७५
भारतीय काँग्रेस महासचिव प्रियंकाले सुरु गरिन् गंगायात्रा

भारत– भारतीय राष्ट्रिय काँग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गरेकी छिन् । 

उत्तर प्रदेशको मैयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर उनले तीन दिने यात्रा सुरु गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको यात्रा काशीसम्म हुनेछ । 

“गंगा मैयाले हामीलाई आर्शिवाद दिनुहुने छ, उहाँ धेरै दयालु हुनुहुन्छ,” महासचिव प्रियंकाले पत्रकारहरुसँग भनिन् । 

उनले गंगा यात्राको पहिलो दिन बादे हनुमान जी मन्दिरका भक्तालु र त्रिवेणी संगमका तिर्थालुहरुसँग यात्रा गरेकी छिन् ।  यात्राका क्रममा उनी डुम्डामाघाट, सिर्साघाट, लोकशाग्रिहघाट र सीतामार्हीघाट लगायतका ठाउँमा रोक्दै जाने भएकी छिन् । 

उनको साथमा पार्टी प्रवक्ता अखिलेश प्रताप सिंह, विधान सभा सदस्य आरधाना मिश्र, संघीधावित्रि बै फुले र केही विद्यार्थीहरु सहभागी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्