१४ असार २०८३, आइतबार

कञ्चनपुरमा सडक बनाउन एसएसबीको अवरोध, रोकियो निर्माण कार्य

कञ्चनपुरमा सडक बनाउन एसएसबीको अवरोध, रोकियो निर्माण कार्य

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित ब्रह्मदेव क्षेत्रमा सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको छ ।

सीमावर्ती बजार ब्रह्मदेवलाई जोड्ने गरी नगरपालिकाले निर्माण गरिरहेको सडकमा एसएसबीले अवरोध गरेको निर्माण व्यवसायी भीम जोशीले बताए । उनका अनुसार एसएसबीले काम गर्न नदिएपछि निर्माण कार्य रोकिएको छ ।

सीमा पिल्लर हराएकाले नेपाली भूभागमा सडक बनाउँदा भारतीय पक्षले अवरोध गर्दै आएको भीमदत्त नगरपालिकाका प्रेस सल्लाहकार रनि विवशले बताए । ‘टनकपुर बाँधको बायाँपट्टि नगरपालिकाले सडक बनाइरहेको थियो । त्यसमा अवरोध भएको छ,’ उनले भने, ‘एसएसबीले भारतीय डीएम र नेपाली सीडीओले छलफल गरेर मात्रै काम गर्न भनेर गएको वडाध्यक्ष राम नाथले बताएका छन् ।’

सडक निर्माणमा भएको अवरोध हटाउन भीमदत्त नगरपालिकाले स्थानीय प्रशासन र भारतीय पक्षसँग पहल गर्ने विषयमा छलफल भइरहेको उनले बताए । यसअघि समेत सीमा सडक निर्माणमा भारतीय पक्षले अवरोध गर्ने गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्