१० असार २०८३, बुधबार

कांग्रेस जिल्ला सभापतिको भेला चैत २० र २१ मा

कांग्रेस जिल्ला सभापतिको भेला चैत २० र २१ मा

काठमाडौं– महासमितिको निर्णय केन्द्रीय कार्यसमितिले उल्टाएको भन्दै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउने प्रयोजनका लागि छलफल गर्न राजधानीमा भेला बोलाएका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको बिहीबार बसेको बैठकले चैत २० र २१ गते राजधानीमा भेला गर्ने तय गरेको छ ।

पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन एक तिहाइ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर चाहिन्छ । स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान हटाउने तथा आरक्षणको सुविधा दोर्होयाउन नपाउने गरी विधानमा व्यवस्था गर्नुपर्ने माग केन्द्रीय कार्यसमितिले सम्बोधन नगरेपछि जिल्ला सभापतिहरू विशेष महाधिवेशनको छलफलमा जुटेका हुन् ।

केन्द्रीय कार्यसमितिको फागुन १२ को बैठकले स्वतः प्रतिनिधिको व्यवस्था यथावत् राख्ने निर्णय गरेको थियो । त्यस्तै आरक्षणको सुविधा दोर्होयाउन नपाउने व्यवस्थासमेत विधानमा थपिएन । यी दुवै माग सम्बोधन नभएपछि जिल्ला सभापतिहरू नेतृत्वसँग चिढिएका छन् ।

५६ जिल्ला सभापतिले यसअघि नै स्वतः प्रतिनिधिको प्रावधान नहटाइए र आरक्षणको सुविधा दोर्होयाउन नपाउने व्यवस्था विधानमा थप नगरिए विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने चेतावनी दिएका थिए । त्यसपछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा यस विषयमा कुरै नउठेपछि जिल्ला सभापति असन्तुष्ट छन् । नेतृत्वले महासमिति बैठकमा सभापतिहरूले सुझाव मात्रै दिएको, निर्णय नभएको बताउँदै आएको छ ।, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्