०१ असार २०८३, सोमबार

ईलाममा वडाका सबै गतिविधि मेयरले मोबाइलबाट निगरानी गर्ने

ईलाममा वडाका सबै गतिविधि मेयरले मोबाइलबाट निगरानी गर्ने

ईलाम – ईलाम नगरपालिकाका सबै वडाका गतिविधि अब नगर कार्यपालिकाबाटै हेर्न सकिने भएको छ ।

नगरका सबै वडामा सीसी क्यामेरा जडान गरेर कार्यपालिकामा नै हेर्ने व्यवस्था सहितको प्रविधि भित्रियाएसँगै कर्मचारी बसे नबसेको, काम गरे नगरेको थाहा पाउन सकिने भएको हो ।

नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि यस्तो कार्य अगाडि बढाइएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । अहिले पहिलो चरणमा वडामा मात्र यो प्रविधि जडान गरिएको र आगामी दिनमा नगरका सबै विद्यालय तथा स्वास्थ्य चौकीमा प्रविधि जडान गरिने मेयर बस्नेतले बताए ।

सीसी क्यामरा जडान भएपछि इन्टरनेटको माध्यमले नगर प्रमुखले मोबाइलबाट नै जहाँ बसेर पनि सबै वडाका गतिविधि नियाल्न सक्ने बताइएको छ । प्रविधि जडान गर्ने इलाम नगरपालिका जिल्लाकै पहिलो स्थानीय तह हो । इलाममा ४ नगरपालिकासहित १० स्थानीय तह छन् ।

salt training

कमेन्ट गर्नुहोस्