
काठमाडौं- साना बालबच्चाको स्वास्थ्य र स्याहरसुसार सम्बन्धी विभिन्न ब्राण्डका उत्पादनहरू नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्सले आफ्नो नयाँ शोरुम कमलपोखरीस्थित सिटी सेन्टरमा शुभारम्भ गरेको छ ।
यस नयाँ शोरुममा डक्टर ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर र डीजेआई जस्ता विश्व प्रशिद्ध ब्राण्डका उत्पादनहरू पाइनेछ । यी ब्राण्डका उत्पादनहरू जस्तै साबुन, मसाज तेल, पाउडर, स्याम्पु, एयर प्युरिफाएर, क्रिम, ड्रोन, बोटल, टूथब्रस, कपलगायतको प्रयोगले स-साना बालबालिकाहरूलाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरूबाट टाढा राख्न सकिने छ ।

आईएमएस लिटिल स्माइल्स्ले नेपालमा बिक्री वितरण गर्ने उत्पादनहरू सम्पूर्ण नेपाली उपभोक्ताको दैनिक जीवनलाई सरल सहज र गुणस्तरीय बनाउन केन्द्रीत रहेको आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा बताउँछन् । उनी भन्छन्, 'यसै परिप्रेक्षमा सिटी सेन्टरमा बालबच्चाको स्याहारसुसार सम्बन्धित ब्राण्डहरूको बिक्री गर्न नयाँ शोरुम खोलिएको छ ।'