१५ असार २०८३, सोमबार

संसद्‍मा ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्दै

संसद्‍मा ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्दै
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा दिउँसो ३ बजे सम्बोधन गर्दै हुनुहुन्छ । 

बैठकलाई प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलन, सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनसँगको सहमतिलगायत विषयमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजै अन्त्य हुँदैछ । 

यसअघि बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरुद्ध गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले आजै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अवगत गराएपछि राजपाका सांसदले अवरोध फिर्ता लिई बैठक सञ्चालन गर्न सहयोग गर्नुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्