१२ असार २०८३, शुक्रबार

डेढ करोड सेवाग्राहीसहित स्प्यारो एसएमएस दशौं वर्षमा प्रवेश

डेढ करोड सेवाग्राहीसहित स्प्यारो एसएमएस दशौं वर्षमा प्रवेश

काठमाडौं – मोबाइल मेसेजिङ सेवामार्फत मानिसमाझ सूचना प्रवाह गर्दै आएको कम्पनी स्प्यारो एसएमएस आजदेखि नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । 

यस अवधिमा कम्पनीले डेढ करोडभन्दा बढी प्रयोगकर्तालाई एसएमएस सेवा प्रदान गर्न सफल भएको छ । हाल १८ सयभन्दा बढी संस्था तथा कम्पनीले स्प्यारो एसएमएसको बल्क एसएमएस (एकैपटक धेरैलाई एसएमएस पठाउने) सुविधा लिएर सेवा प्रदान गरिरहेका छन् । 

जानकी टेक्नोलोजी प्रालिले यसरी एकैपटक धेरैलाई मोबाइल सन्देश पठाउने सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २०१० मा स्प्यारो एसएमएस सेवाको शुरूआत गरेको थियो । 

अझै पनि इमेल र इन्टरनेटको पहुँच सहज नभएको हाम्रो मुलुकमा एसएमएस सेवा सन्देश प्रवाह गर्ने  एउटा सहज माध्यम बनेको छ । कुनै पनि सूचनालाई भिन्दाभिन्दै जानकारी गराउन धेरै समय लाग्ने अवस्थाबाट पनि बल्क एसएमएस सेवाले सहजता प्रदान गर्छ । 

यसबाट सजिलैसँग थोरै समयमा धेरैलाई जानकारी पु¥याउन सकिन्छ । 

स्प्यारो एसएमएसले नेपालका विभिन्न सरकारी संस्थाहरू, स्थानीय सरकारहरू, बैंक र वित्तीय संस्थाहरू, विद्यालय तथा कलेजहरूका साथै नेपालका विभिन्न प्रसिद्ध ब्रान्डहरूलाई एसएमएस सेवा प्रदान गर्दै आएको छ । 

साथै, स्प्यारो एसएमएसले मोबाइलमा सन्देश पठाएर तरकारीको होलसेल र रिटेल मूल्य, वैदेशिक रोजगारीमा आफ्नो अनुमतिपत्रबारे सूचना, विभिन्न परीक्षाको रिजल्ट लगायतका जानकारी उपलब्ध गराउँदै आएको छ ।

२०७२ बैशाखमा गएको विनाशकारी भूकम्प र अन्य आपतकालीन क्षणमा पनि स्प्यारोले एसएमएसमार्फत तुरुन्तै सूचना प्रदान गरी उद्धार र राहत लगायतका कार्यमा योगदान पु¥याएको थियो ।

कम्पनीले केही महिनाअघि मात्रै यातायात व्यवस्था विभागसँग सहकार्य गरी सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको शुरूआत गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्