३० जेठ २०८३, शनिबार

बलिउड अभिनेत्री जयप्रदा भाजपामा प्रवेश

बलिउड अभिनेत्री जयप्रदा भाजपामा प्रवेश

काठमाडौं – समाजवादी पार्टीबाट सांसद भइसकेकी बलिउड अभिनेत्री जयप्रदा लोकसभा चुनावको मुखैमा भारतीय जनता पार्टीमा प्रवेश गरेकी छन् । 

भाजपाका राज्यसभा सांसद भूपेन्द्र यादवले मंगलवार जयप्रदालाई पार्टी सदस्यता दिए । 

त्यसक्रममा मिडियालाई सम्बोधन गर्दै उनले भनिन्, ‘मोदीजीको नेतृत्वमा मैले भाजपामा काम गर्ने अवसर पाएकी छु । मेरो जिन्दगीको यो महत्त्वपूर्ण क्षण हो । मैले सिनेमा र राजनीति दुवैलाई भित्रै मनबाट अपनाएकी छु । मैले यी दुवै क्षेत्रका लागि जीवन समर्पण गरेकी छु ।’

जयप्रदा रामपुरबाट समाजवादी पार्टीकी सांसद थिइन् । यो सीटमा सन् २००९ देखि नै जयप्रदा र आजम खानबीच मतभेद छ । 

रामपुरबाट नौपटक विधायक बनेका आजमले कुनै समयमा जयालाई रंगीन र छलकपटपूर्ण छविकी महिला भनेका थिए । त्यतिले मात्र नपुगेर सन् २००९ मा उनले जयालाई नाच्ने महिला भनी खिसी गरेका थिए । त्यस्तो बयान दिएपछि उनलाई पार्टीबाट निष्काशन गरिएको छ । 

त्यतिखेर पार्टीमा अमर सिंहको बोलबाला थियो । अमर सिंहले सपा छोडेपछि जयप्रदा पनि पार्टीबाट निस्केकी थिइन् । सन् २०१४ मा उनले अजित सिंहको पार्टी आरएलडीका तर्फबाट चुनाव लडेकी थिइन् तर हारेकी थिइन् । 
भाजपाबाट उनको भाग्य चम्किन्छ कि के हुन्छ, समयले नै बताउनेछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्