२६ जेठ २०८३, मंगलबार

रुसले अब सैनिकको साटो रोबोटलाई लडाईंमा तैनाथ गर्ने (भिडियो)

रुसले अब सैनिकको साटो रोबोटलाई लडाईंमा तैनाथ गर्ने (भिडियो)

काठमाडौं – निकट भविष्यमा युद्धमैदानमा सैनिकको साटो रोबोट लड्ने भएका छन् । रुसले यसको तयारी पनि शुरू गरिसकेको छ । 

हालै जारी गरिएको एक भिडियोमा रुसी सेनाले कृत्रिम प्रज्ञामा आधारित चालकरहित ट्यांक र टाढाबाट नियन्त्रण गर्न मिल्ने ड्रोनको परीक्षण गरेको छ । 

रुसी सेनाको यो भिडियो क्रेमलिनले जारी गरेको हो । रुसको ताजा ड्रोन प्रविधि यसमा देख्न पाइन्छ । यसमा कृत्रिम प्रज्ञाले नियन्त्रण गर्ने चालकरहित ट्यांक पनि छ । सैनिकहरूको राइफल अनुसार उसले निशान लगाउँछ । 

रसियन एड्भान्स्ड रिसर्च फाउन्डेसनका अनुसार, पूर्णतः कृत्रिम प्रज्ञामा आधारित प्रविधियुक्त रोबोट सेना बनाउने लक्ष्य हो । अहिले ड्रोनलाई रिमोट कन्ट्रोलले नियन्त्रण गरिएको छ तर भविष्यमा यसलाई पूरै स्वचालित बनाइनेछ । 

विश्वका शक्तिशाली देशहरूले विशाल स्तरमा स्वचालित र रिमोट कन्ट्रोलबाट चल्ने वाहन बनाउने काम गरिरहेका छन् । भविष्यमा सैन्य हतियारले आफैं दुश्मन पत्ता लगाएर तिनीहरूलाई मार्नेछ । 

गत महिना बेलायती सेनाले २०० वटा ड्रोन बनाउने काम थालेको दाबी गरेको थियो । ती ड्रोनहरू मानिसको हातभन्दा साना छन् । तिनले युद्धस्थलमा आकाशमा तैनाथ रहेर सैनिकहरूलाई खतराका सम्बन्धमा चेतावनी दिनेछन् । 

हेर्दाखेरी यो मिनी ड्रोन कालो झिँगा जस्तो देखिनेछ र यसले अप्ठ्यारो ठाउँमा मुश्किल अवस्थामा पनि काम गर्नेछ । यसका लागि एक हजार करोड रुपैयाँ लगानी गरिएको छ ।

तर वैज्ञानिकहरूले यस्ता ज्यानमारा रोबोट मानवजातिका लागि खतराका रूपमा रहेको र यिनलाई तत्कालै प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्