
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारीको संख्यामा थप गरेको छ ।
मंगलवार प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै थप गरिएका पदाधिकारीहरूको नाम सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिअनुसार पार्टीको वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली रहेका छन् । त्यस्तै उपाध्यक्षहरूमा प्रेम बहादुर भण्डारी, टंक ढकाल, नरेन्द्र बहादुर चन्द, तोरण बहादुर गुरुङ, रोशन कार्की, भिम प्रसाद गौचन र महेशलाल महासेठ थपिएका छन् ।
पार्टी अध्यक्ष कमल थापाले महामन्त्रीमा राजेन्द्र लिङ्देन र डा.धवल शम्शेर जबराको नाम मनोनयन गरेका छन् । प्रवक्ताहरूमा भने सुशील श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्लेलाई मनोनयन गरिएको छ ।
त्यस्तै सह–महामन्त्रीहरूमा चन्द्र बहादुर गुरुङ, कुन्ती शाही, दिपक बहादुर सिंह, भक्ति प्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझीलाई पार्टीले मनोनयन गरेको छ ।
लिलादेवी श्रेष्ठ र मदन बहादुर कार्कीलाई सहायक महामन्त्रीमा मनोनय गरिएको छ । सहायक प्रवक्तामा भने रमानन्द न्यौपानेलाई मनोनयन गरिएको पार्टीले जनाएको छ ।
यसैगरी अध्यक्ष कमल थापाले प्रदीप कुमार उदयलाई प्रदेश नं. ५ को अध्यक्ष र दईन्द्र बहादुर ठकुरीलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका छन् ।