
काठमाडौं– प्रतिबन्धित विप्लव समूहका कार्यकर्ता पक्राउ गर्ने क्रममा प्रहरीले अछाममा गोली चलाएको छ ।
रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा गोली चलेको हो । प्रहरीले विप्लव समूहबाट गोली प्रहार भएपछि जवाफी फायरिङ गरेको दाबी गरेको छ ।
रामारोशनमा विप्लव कार्यकर्ता भएको जानकारी पाएपछि पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गोली प्रहार भएको प्रहरीको जिल्ला प्रहरी प्रमुख डिएसपी जनक शाहीले दाबी गरे ।
सो क्रममा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विप्लव निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी र युवा संगठनका राजेन्द्र धामी रहेका छन्।