
काठमाडौं– उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा विचाराधीन अंशबन्डासम्बन्धी एक मुद्दामा बकसपत्र गरिदिने व्यक्तिको सम्पूर्ण कागजात सरकारी निकायबाट गायब भएको भेटिएको छ । जग्गाधनी भनिएकी व्यक्तिको नागरिकता र जग्गाको अभिलेखमा रहेने औंठा छापको अभिलेख हराएका हुन् ।
राष्ट्रिय पञ्चायतका पूर्वसदस्य पीताम्बर थापाले अंश नदिएको भन्दै उनकी तस्रो श्रीमतीले अंश मुद्दा दायर गरेकी थिइन् । उक्त मिसिलको मुद्दामा पीताम्बरकी आमा नन्दमाया थापाले मृत्युपछि आफ्नो अंश छोरा पीताम्बरका नाममा बकस गरिदिएको कागज संलग्न छ ।, कान्तिपुरमा खबर छ ।