काठमाडौं- विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनहरूको लागि प्रख्यात गोदरेज ब्रान्डले नेपाली नयाँ वर्ष २०७६ लाई लक्षित गरी २५% सम्मको आकर्षक नगद छुट अफर नेपाली बजारमा भित्र्याएको छ । साथै एअर कन्डिसनरको खरीदमा फ्री जडान १४ चैतदेखि सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
विगत ६० वर्षको इतिहास बोकेको गोदरेज ब्राण्डले आफ्नो ग्राहक माझ उक्त अफर सम्पूर्ण घरायसी सामाग्री जस्तै फ्रिज, वासिङ मेसिन, चेस्ट फ्रिजर, माइक्रोओभनमा ल्याएको हो ।
यस ब्रान्डले रेफ्रिजेनेरेटरको कम्प्रेसर तथा अटोमेटिक वासिङ मेसिनमा समेत १० वर्षको वारेन्टी दिने घोषणा गरेको छ ।
नेपालका लागि गोदरेज ब्रान्डको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत EOL Pvt. Ltd रहेको छ ।