१२ असार २०८३, शुक्रबार

भारतीय विदेश सचिव नेपाल आउँदै

भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं– नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन भारतीय विदेश सचिव विजयकेशव गोखले विहीबार बिहान काठमाडौं आउँदैछन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला भएको द्विपक्षीय सझदारीका बारेमा समीक्षा हुनेछ । 

कृषि, रेवले, पानीजहाजलगायतका विषयमा भएका प्रगतिको समीक्षा हुने बताइएको छ । नेपाल बसाइका क्रममा उनले विभिन्न पक्षसँग भेटघाट पनि गर्ने छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्