०८ असार २०८३, सोमबार

पक्राउ परेका हेमन्तप्रकाश पाँच रोगका बिरामी, पत्नी भन्छिन्–‘खै के हुने हो चिन्ता लागेको छ’

पक्राउ परेका हेमन्तप्रकाश पाँच रोगका बिरामी, पत्नी भन्छिन्–‘खै के हुने हो चिन्ता लागेको छ’

काठमाडौं– पक्राउ परेका विप्लव नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश ओली पाँच रोगका बिरामी भएको उनकी पत्नीले बताएकी छन् । पतिको स्वास्थ्य समस्याबारे चिन्ता व्यक्त गर्दै पत्नी अम्बिका चन्दले भनिन्, ‘सुगर, प्रेसर, युरिक एसिड, क्लोस्टोरल र प्रोस्टेटेडका औषधि खाइरहनुभएको छ ।’ 

चन्दका अनुसार ओलीले सुगरको आठ वर्षदेखि र प्रेसरको १२ वर्षदेखि औषधि खाइरहेका थिए । ओलीले युरिक एसिड, क्लोस्टोरल र प्रोस्टेटेडको डेढ वर्षदेखि औषधि खाँदै आएका थिए । नियमित औषधि खानुपर्ने भएकाले धेरै दुर्गममा बस्न नसक्दा गत शनिबार काभ्रेबाट काठमाडौं फर्कंदै गर्दा ओलीसहित नौजना पक्राउ परेका थिए । उनलाई आइतबार जिल्ला अदालत ललितपुरले आठ दिनको म्याद थप गरेको थियो । 

‘उहाँले कुन औषधिपछि कुन खाने भन्ने कुरा नै बिर्सनुहुन्छ, मैले नै सम्झाउँथे कुनैवेला स्टाफले सम्झाएपछि खानुहुन्थ्यो,’ चन्दले भनिन्, ‘पक्राउ परेपछि खै के हुने हो चिन्ता लागिरहेको छ ।’ जनयुद्धमा तीन वर्ष बाजुरा जेल बस्दा टाउकोमा गम्भीर चोट भएकाले कुनैवेला टाउको धेरै दुख्ने गरेकोसमेत उनले बताइन् ।, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्