०१ असार २०८३, सोमबार

झरना भन्छिन् –‘छोरी सुहाना दर्शकको मन–मस्तिष्कमा बस्नेछिन्’

झरना भन्छिन् –‘छोरी सुहाना दर्शकको मन–मस्तिष्कमा बस्नेछिन्’

काठमाडौं- कुनै बेलाकी चर्चित अभिनेत्री हुन् झरना थापा । तर, पछिल्लो समय उनि अभिनयबाट निर्देशनतिर मोडिएकी छिन् । 

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘एक मेरो हजुर २’बाट झरनाले निर्देशनमा डेब्यू गरिन् । उनै झरनाको निर्देशनमा बनेको दोस्रो फिल्म ‘ए मेरो हजुर ३’ यही चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई झरनाका श्रीमान सुनिलकुमार थापाले निर्माण गरेका हुन् । यस फिल्मबाट झरना र सुनिलकी छोरी सुहाना थापाले फिल्म उद्योगमा डेब्यू गर्दैछिन् । 

बुधबार झरनाको जन्मदिन पारी फिल्मको ट्रेलर रिलिज गर्न आयोजित कार्यक्रममा झरनाले छोरी सुहानालाई आफू हिँडेको बाटोमा ल्याएको बताईन् । ‘छोरी सुहानालाई आफू हिँडेको बाटोमा ल्याउँदैछु । आजदेखी फिल्म उद्योगमा छोडदैछ्’ उनले भनिन् –‘अब उसलाई तपाईहरुको आर्शिवाद र साथको खाँचो छ ।’  

झरनाले छोरीको कामको प्रशंसा गरिन् । ‘म एउटी आमा भएर होइन, एउटा निर्देशक भएर कन्फिडेन्टका साथ भन्छु’ झरनाले भनिन् ‘जसरी विगतमा मैले कलाकारितामार्फत यहाँहरुलाई रिझाउन सकेँ, त्यसैगरी सुहाना पनि आफ्नो कामले दर्शकको मन–मस्तिष्कमा बस्न सफल हुनेछिन् ।’ 

फिल्ममा सुहानाले अभिनेता अनमोल केसीसंग जोडी बाँधेकी छिन् । फिल्मले एउटा स्टार र फ्यानको प्रेम भन्ने झरनाले बताईन् । 

फिल्ममा अनमोल, सुहानाका साथमा अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायतको अभिनय छ । उपस्थितलाई फिल्मको ट्रेलर देखाईए पनि युट्युबमा भने बिहीबार दिउँसो मात्र सार्वजनिक गरिँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्