१० असार २०८३, बुधबार

मिर्चैया नगरपालिकामा सूचना प्रवाह र पारदर्शिताबारे अन्तरक्रिया सम्पन्न

मिर्चैया नगरपालिकामा सूचना प्रवाह र पारदर्शिताबारे अन्तरक्रिया सम्पन्न

सिरहा– सिरहाको मिर्चैया नगरपालिकामा सूचना प्रवाह र पारदर्शिताबारे अन्तरक्रिया सम्पन्न भएको छ ।

सेन्टर फर मिडिया फ्रिडमको आयोजना तथा मिर्चैया नगरपालिका कार्यालयको सहकार्यमा फागुन १९ गते सम्पन्न कार्यक्रममा सरोकारवालाले सुशासन र पारदर्शिताका लागि सूचना प्रवाहलाई प्रभावकारी बनाइनु पर्ने बताएका हुन ।
कार्यक्रममा नगरप्रमुख श्रवण यादवले सूचना प्रवाहमा कन्जुस्याइ भएमा त्यसको उल्टो असर पर्ने सुनाए ।

‘स्थानीय सरकारले धेरै कर लगायो भनेर । भैँसी, बाख्रा, साईकल, मोटरसाईकल जस्ता कुरामा कर लगायो । यो आबाजहरु उठ्यो । अफवाह फैलायो । त्यसपछि आन्दोलन भयो । हामीलाई यो कुरालाई खण्डन गर्न वडा वडा, गाउँ गाउँमा भेला गरेर जनतालाई भन्यौ’ उनले भने ।

नगरपालिकाका सूचना अधिकारी सुशील कुमार महतोले बोलपत्र आह्वान सम्बन्धी पनि सूचनाहरु अपडेट गर्ने गरेको बताए ।

कार्यक्रममा स्थानीय सरकार तथा सुशासन विज्ञ गुरु प्रसाद सुवेदीले नगरपालिकाले बजेटको आम्दानी र खर्चबारे जनतालाई जानकारी आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्