१५ असार २०८३, सोमबार

एनसीसी बैंक अवकाश कोषद्वारा संचित बचतको ७० प्रतिशत लाभांश वितरण

एनसीसी बैंक अवकाश कोषद्वारा संचित बचतको ७० प्रतिशत लाभांश वितरण

काठमाडौं- नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि. अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट स्वीकृती लिई विगत १६ वर्षदेखि छुट्टै यूनिटको रूपमा सञ्चालित एनसीसी बैंक अवकाश कोषले देशभर रहेका आफ्ना १२२ शाखाहरू मार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोषलगायत अन्य कोषहरूको खाता खोल्ने, संचित बचतको ९० प्रतिशतसम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरूलाई संचित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरू गर्दै आइरहेको छ ।

यस कोषले गत २०७५ आषाढ मसान्तसम्मको संचित बचतबाट ७० प्रतिशत रकम ३ करोड ६२ लाख ७० हजार रुपैयाँ आफ्ना करीब २०० भन्दा बढी संघ संस्थाका सबै ग्राहक कर्मचारीहरूलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत रकम निजहरूकै सम्बन्धित अवकाश कोष खाताहरूमा जम्मा हुने गरी वितरण गरेको छ ।

उक्त कोषले विगत वर्षहरूमा पनि आफ्नो संचित बचत रकमबाट आफ्ना बचतकर्ताहरूलाई लाभांश वितरण गर्दै सबै व्यक्तिगत संचयकर्ताहरूका लागि प्रत्येक वर्ष १५ हजार रुपैयाँसम्मको निःशुल्कऔषधोपचार बीमा सुविधा पनि प्रदान गर्दै आइरहेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्