१२ असार २०८३, शुक्रबार

सीजी लाइफसेलद्वारा बिप एप सार्वजनिक, समाचार र मौसमबारे जानकारी लिन सकिने

सीजी लाइफसेलद्वारा बिप एप सार्वजनिक, समाचार र मौसमबारे जानकारी लिन सकिने

काठमाडौं- सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सीजी लाइफसेलले बिप एप (Bip App) सार्वजनिक गरेको छ । सीजी लाइफ सेल चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेस भर्टिकल भएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार विप एप एउटा म्याजेजिङ प्लेटफर्म भएको र जहाँबाट भ्वाइस कल, भिडियो कल गर्न र म्यासेज एवं फाइल आदानप्रदान गर्न सकिने छ । यस एपको माध्यमबाट प्रयोगकर्ताले विनिमयदर, मौसम सम्बन्धी जानकारी र समाचारहरूका बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

'डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा हामी जतिसक्दो योगदान पुर्‍याउन चाहन्छौं,' चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, 'यसबाट आम नेपाली नागरिकको अझै सर्वसुलभ रूपमा सूचनामा पहुँच पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।'

यो एप आईओएस र एन्ड्रोइड दुवै मोबाइल अअपरेटिङ सिस्टममा चल्छ । यसलाई गुगल प्लो स्टोर र एप्पल एप स्टोरबाट नि:शुल्क डाउनलोड गर्न सकिन्छ । 

यस्ता छन् एपका विशेषता 

- बिप एपमा तपाईंको मोबाइल फोनको भाषाअनुसार परिवर्तन गर्न सकिन्छ । 

- कुनै पनि मोबाइल अपरेटरका ग्राहकहरूले बिप एप सजिलै प्रयोग गर्न सक्छन् । 

- यसमा विभिन्न प्रकारका नि:शुल्क गेमहरू डाउनलोड नगरीकन खेल्न  सकिन्छ । 

- फलो मी र लोकेशन सेयरजस्ता विशेषताहरू प्रयोग गर्न सकिन्छ । 

- सरप्राइज पोइन्टद्वारा विभिन्न प्रकारका उपहारहरू जित्न सकिन्छ । 

- बिप एपलाई ल्यापटप र डेक्सटपमा पनि प्रयोग गर्न सकिन्छ । 

- १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्