
काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण आयोगका पदाधिकारी छानबिनका लागि सरकारले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले ४ सदस्यीय सिफारिस समिति गठन गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आयोगका पदाधिकारी सिफारिसका लागि समिति गठन भएको जानकारी गराएका हुन् ।
समितिको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष या अध्यक्षले तोकेका सदस्य, वरिष्ठ अधिवक्ताद्वय रामनाथ मैनाली र प्रेमबहादुर खड्का तथा गैर सरकारी संस्था महासंघकी पूर्व अध्यक्ष शर्मिला कार्की सदस्य छन् ।