१७ असार २०८३, बुधबार

दुर्भाग्य हटाउनका लागि जुम्ल्याहाको एकआपसमा बिहे

कात्तिक २०, २०७४
दुर्भाग्य हटाउनका लागि जुम्ल्याहाको एकआपसमा बिहे

काठमाडौं— थाइल्यान्डमा तीन वर्षका जुम्ल्याहा बालबालिकालाई दुर्भाग्य हटाउनका लागि एकअर्कासँग विवाह गराइएको छ ।

three_year_old_twins_marry3

यी जुम्ल्याहा पूर्वजन्ममा आत्मा जोडिएका प्रेमी भएको विश्वास गरिएको छ ।

जुम्ल्याहा दाजुबहिनी तीकातात र ताविसा हिरानमेकावानितले पारम्परिक समारोहमा विवाह गरेका थिए । समारोह मध्य थाइल्यान्डको आङ थोङ प्रान्तमा गरिएको थियो ।

मुस्कुराइरहने यी जुम्ल्याहाका आमाबुवाका अनुसार उनीहरू पूर्वजन्ममा प्रेमी थिए तर एउटा खतरनाक त्रासदीका कारण छुट्टिन बाध्य भएका थिए ।

पूर्वजन्मका प्रेमीहरू जुम्ल्याहाका रूपमा जन्मिएकाले उनीहरूको विवाह गरेपछि देवदूतलाई उनीहरू प्रेममा रहेको अनि सदाकालका लागि साथ रहेको विश्वस्त तुल्याउने मातापिताको विश्वास छ ।

बच्चाहरूकी आमा शशी हिरानमेकावानितका अनुसार उनीहरूको विवाह नगरिदिएमा उनीहरूमध्ये एकको मृत्यु हुन्छ ।

थाइल्यान्डवासीहरू पूर्वजन्ममा विश्वास राख्छन् र जुम्ल्याहा दाजुबहिनी पूर्वजन्मका प्रेमी रहेको विश्वास गरिन्छ ।

तीकातात र तविसा तीन वर्ष चार महिनाका भए । तविसाले सुनौलो सारोङ वस्त्र लगाएकी थिइन् जुन थाइल्यान्डको परम्परागत विवाहवस्त्र हो । तीकातात भने सेतो शर्ट, सुनौलो प्यान्ट र हरियो स्याशमा सजिएका थिए ।

गाउँले र नातेदारहरू विवाह समारोहमा उपस्थित थिए ।

मिरर युके

salt training

कमेन्ट गर्नुहोस्