काठमाडौं, २ पुस – बनभोज खानको लागि हिँडेका विद्यार्थी सवार बस राजधानीको दक्षिणकाली नगरपालिकामा पर्ने लामागाउँ भन्ने स्थानमा दुर्घटना भएको छ ।
बा २ ख ६९२२ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ललितपुरस्थित क्यारेबियन कलेजका विद्यार्थी सवार रहेको र एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सोही कलेजमा १२ कक्षामा अध्ययनरत १८ वर्षिय छात्र युवराज के.सी.रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका ३ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने बाँकी घाइतेहरुको मोहनमोहन मेमोरियल र दक्षिणकाली पोलिक्लिनिकमा उपचार भइरहेको फपिङ्ग प्रहरीले जानकारी दिएको छ ।