×

NMB BANK
NIC ASIA

विद्यालयमा तोप आक्रमण, चार विद्यार्थीको घटनास्थलमै मृत्यु

चैत १७, २०७५

NTC
Premier Steels

गाज्नी-अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण भएको छ । शनिबार गाजनी प्रान्त अन्तर्गत आन्दर जिल्लाको ग्रामिण इलाकामा रहेको विद्यालयमा भएको आक्रमणमा चार विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको र दुई शिक्षकसहित अन्य १७ जना घाइते भएका छन्,” सरकारका प्रान्तीय प्रवक्ता अरेफ नुरीले बताउनुभयो । 

अधिकारीका अनुसार मुल्लाह नोह बाबा विद्यालयमा कक्षा चलिरहेका समय तोप आक्रमण हुँदा चार विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको र अन्य १७ जना पनि सख्त घाइते भएका छन् । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकको अस्पतालमा पुर्‍‍याइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको भन्दै मृतक सङ्ख्या बढ्नसक्ने उहाँले बताउनुभयो । 

सरकारी सुरक्षा फौज र तालिवान समूहबीच दोहोरो भिडन्त भइरहेका समय विद्यालयमा तोप आक्रमण भएको बताइएको छ । तोप कसले हानेको भन्नेबारे पुष्टि नभएको घटनास्थल वरपरका स्थानीयले बताएका छन् । 

शनिबारै अफगानिस्तानमा सुरक्षा चौकीमा आक्रमण गरी तालिबान लडाकूहरुले कम्तीमा नौ जना प्रहरीको हत्या गरेपछि गाज्नी शहर र वरपरका क्षेत्रमा सरकारी सेना र तालिवान लडाकूबीच भिडन्त भएको थियो । सेनाका अनुसार अहिले विद्रोही घटनास्थलबाट पछि हटिसकेको छ । 

सन् २०१८ मा द्वन्द्वग्रस्त अफगानिस्तानमा ९२७ बालबालिकासहित तीन हजार ८०४ सर्वसाधारणको मृत्यु भएको थियो भने सात हजार १०० व्यक्ति घाइते भएका अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घ सहयोग नियोगले गत महिना सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x