×

NMB BANK
NIC ASIA

राहुल गान्धीले हिन्दूहरूसँग माफी माग्नुपर्ने अमित शाहको भनाइ

चैत १७, २०७५

NTC
Premier Steels

काठमाडौं – विगत केही दिनयता गरिएका अडकललाई साँचो साबित गर्दै भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले उत्तर प्रदेशको अमेठीका साथसाथै केरलको वायनाड सीटबाट पनि चुनाव लड्ने घोषणा गरेका छन् । 

Muktinath Bank

उता भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले उनीमाथि व्यंग्य गर्दै राहुल जहाँ गए पनि देशका जनताले उनीसँग हिसाब माग्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिजनौरमा भाजपाको आमसभालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘राहुल गान्धी अमेठी छोडेर केरलतिर भागेका छन् । सबैलाई थाहा छ, यसपालि अमेठीमा उनको हरहिसाब हुन लागेको छ । तपाईं जहाँ गए पनि देशका जनताले तपाईंसँग हिसाब माग्नेछन् ।’


Advertisment
Nabil box
Kumari

यसअघि अमित शाहले सम्झौता एक्सप्रेस विस्फोटन घटनामा हिन्दूहरूको बदनामी गरेकोमा राहुल गान्धीलाई माफी माग्न भनेका थिए । 

Vianet communication

अमित शाहले भने, ‘पंचकुलाको एक अदालतले सन् २००७ मा भएको सम्झौता एक्सप्रेस विस्फोट मुद्दामा फैसला सुनाइसकेको छ । त्यतिखेर कांग्रेस, सोनिया र मनमोहनको सरकार थियो । उनीहरूले सम्झौता एक्सप्रेसलाई हिन्दू आतंकवादको नमूना भनेका थिए । साधुसन्तलाई अनि निर्दोषलाई मुद्दा लगाइएको थियो । फैसला आउँदा उनीहरूमाथि कुनै पनि प्रमाण फेला परेन ।’

शाहले भने, ‘म राहुल गान्धीलाई सोध्छु, तपाईंले संसारभरि हिन्दू समुदायलाई बदनाम गर्नुभयो । हिन्दू पनि आतंकवादी हुन सक्छ र ? हामीहरू त कमिलालाई पीठो खुवाउने मानिस हौं । कसैलाई के मार्थ्यौं हामी ? राहुल गान्धीले भोट बैंकको राजनीतिका लागि हिन्दूहरूको बदनामी गरेका छन् । तपाईंले लश्करलाई सफाइ दिनुभयो । देशको सुरक्षामा खेलाँची गर्नुभएको छ तपाईंले । चिदम्बरम, शिन्दे र राहुलले अमेरिकी राजदूतलाई लश्कर समस्या नभएको बताएका थिए । समस्या हिन्दू आतंकवाद मच्चाउने मानिस भएको उनले बताएका थिए । तर अदालतले हिन्दूलाई सफाइ दियो । राहुलले अब माफी माग्नुपर्छ ।’

बीबीसी हिन्दीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x