०९ साउन २०८३, शनिबार

स्ववियू चुनावको माग गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नेविसंघको कालो झण्डा

चैत १८, २०७५
स्ववियू चुनावको माग गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नेविसंघको कालो झण्डा

सुर्खेत –पूर्वनिर्धारित मितिमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनाव गर्नुपर्ने माग गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीले कालो झण्डा राखेका छन् ।

प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थी संगठन नेविसंघले क्याम्पस गेटमा कालोझण्डा फहराएको हो ।

नेविसंघले एक विज्ञप्ति जारी गर्दै चैत २५ गते केन्द्रीय क्याम्पस लगायत अन्य १० वटा आंगिक क्याम्पसमा निर्वाचन गराउनुपर्ने माग अघि सारेको छ ।

विश्वविद्यालयले तत्काल निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ । अन्यथा कडा संघर्षमा उत्रिन बाध्य हुने उसको चेतावनी छ ।

यस्ता छन् संघर्षका कार्यक्रम :

२०७५ चैत १७ गते विश्वविद्यालय केन्द्रीय कार्यालयमा एक घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने ।
चैत १८ गते कालोपट्टी सहित विश्वविद्यालयका प्रत्येक संकायमा कालो झण्डा गाड्ने ।
चैत १९ गते विश्वविद्यालयमा विद्यार्थी, प्राध्यापक र सरोकारवाला पक्षहरुसंघ स्ववियु निर्वाचन सम्बन्धमा अन्तरक्रिया गर्ने ।
चैत २० गते विश्वविद्यालयमा शान्तिपूर्ण सिटि जुलुस प्रर्दशन गर्ने ।
चैत २१ गते विश्वविद्यालयका उपकुलपति र रजिष्टारलाई मतपत्र र मतपेटिका हस्तान्तरण गर्ने ।
चैत २२ गते विश्वविद्यालयको केन्द्रिय कार्यालयमा १ घण्टा प्रवेश निषेध गर्ने ।
चैत २३ गतेदेखि विश्वविद्यालयका पदाधिकारीहरुका सवारी साधन चल्न बन्द गर्ने ।
चैत २४ गतेदेखि विश्वविद्यालयका उपकुलपति र रजिष्टारको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गर्ने ।

salt training

कमेन्ट गर्नुहोस्