×

NMB BANK
NIC ASIA

बारा -बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर ३ का मोहम्मद अन्जर खानको घर पलमै सिद्धियो । आइतवार साँझ सात बजेतिर उनी आफ्ना परिवारका सबै सदस्यहरुसँग घरमै  थिए । अचानक हुरी बतास चल्यो ।

Muktinath Bank

प्लाष्टर बिनाको ईंटाको घर र टालीको छत अचानक ढल्न थाल्यो । हावाको वेग यति ठूलो थियो कि उनले केही बुझ्नै सकेनन् । जसोतसो उनी आफ्ना श्रीमती अन्जु खातुन, दुई छोरा, दुई छोरी र आफ्नी आमालाई लिएर घरबाट बाहिरिन सफल भए । घरबाट बाहिरिंदै गर्दा उनको श्रीमतीको टाउकोमा चोट लाग्यो । उनको आफ्नो पनि जिउमा र ढाडमा चोट लाग्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘५ सेकेन्डमै पुरै घर ढल्यो,’ खानले भने, ‘घरको छतदेखि पर्खालसम्म सबै कुरा एक छिनमै ढल्यो ।’ खानेकुरादेखि लत्ताकपडा होस् वा कुखुरा कुखुरी, बाख्रा कुनै पनि जीवजन्तुलाई बाहिर निकाल्न नसकेर सबै त्यसमै किचिएर मरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

आफ्नो घरमा मज्जाले बसोबास गर्दै आएको उक्त परिवार अहिले पूर्ण रुपमा घरबारविहीन बनेका छन् । उनी मात्र होइन, त्यहाँ धेरैजसो घरहरु पूर्ण रुपमा ढलेका कारण अबका दिन कसरी गुजार्ने भन्ने समस्या भएको छ ।

Vianet communication
Laxmi Bank

त्यसै गरी त्यही गाउँका अलि अख्तर खानको घरको दोस्रो तल्लाको छत र दुईवटा कोठा सबै ढलेको छ ।  अलि अख्तरकी श्रीमती नज्मा खातुन घाइते भएकी छन् । खाद्यान्न सामग्री सबै नष्ट भएको उनले बताए ।

त्यही गाउँका रिजबानुल्ला अन्सारीको समेत घर ढल्दा उनका दुई जना बहिनीहरुको मृत्यु भएको छ । १८ वर्षीय सबनम खातुन र १२ वर्षिय रुबी खातुनको मृत्यु भएको हो । घर भत्किदा जिउमा खसेको छत र पर्खालमा च्यापिएर मृत्यु भएको रिजबानुल्लाले बताए । उक्त परिवारको अन्य सदस्यहरु नसीमा खातुन, जसिमा खातुन र उनका बुवा मन्जुर आलम मियाँ पनि घाईते भएका छन् । उनीहरुको बिरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

त्यही गाउँको एकै परिवारका छ जनाको मृत्यु भएको छ । सासु मीना खातुन, बुहारी सकिमा खातुन नातिनीहरू रुक्सार खातुन र सम्सीदा खातुनको मृत्यु भएको परिवारका सदस्य अब्दुल रहमानले बताए । त्यसै गरी मृतक मीनाको छोरा अलि हैदर पनि गम्भीर घाइते भई बीरगंजको नेशनल मेडिकल कलेजमा उपचारार्थ भर्ना भएका छन् ।

त्यो गाउँ अहिले पुरै शोकमा डुबेको छ । एकै गाउँका ११ जनाको मृत्यु भए पछि पुरै गाउँ नै शोकाकुल भएको हो । तरिफा खातुन, मुस्तिकिमा खातुन, बिबिमा खातुन, रुक्सार खातुन, मिना खातुन, सम्सीदा खातुन, अलिसा खातुन, सकिमा खातुन, सबनम खातुन लगायतको मृत्यु भएको छ ।

गाउँका अधिकांश घरहरु भत्किएका छन् । ठूला ठूला रुखहरु ढलेका छन् । कसैको घरको छत  ढलेको छ भने कसैको पुरै घर नै भत्किएको छ । उक्त गाउँका  सयौं मानिस घाइते भएका छन् । घाइतेहरुको कलैया अस्पताल देखि बिरगंजका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बारा र पर्साका उद्योग वाणिज्य संघ, बार एसोसिएसन, रेडक्रस, स्थानीय प्रशासन देखि विभिन्न संघ संस्थाको सहयोगमा बिहानदेखि राहतस्वरूप खाजा र खाना उपलब्ध गराइएको भए पनि रातिमा कहाँ र कसरी बस्ने भन्ने कुराको चिन्ताले घरबारविहीन भएकाहरु समस्यामा परेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x