१७ असार २०८३, बुधबार

राहत लिएर फेरि तराई झरे धुर्मुस, तस्बिरमा हेर्नुहोस्

राहत लिएर फेरि तराई झरे धुर्मुस, तस्बिरमा हेर्नुहोस्

काठमाडौं–धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहत वितरण गरेको छ । 

बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहत वितरण गरेको हो । 

हावाहुरीले अकल्पनीय क्षति पुर्याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद शाहलगायत जनप्रतिनिधीको रोहवरमा प्रभावितहरुलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् । 

पिडितहरुलाई तत्कालका लागि बस्न र खानको लागि समस्या रहेकाले त्रिपाल र खाद्यन्न वितरण गरिएको उनको भनाई छ । प्रभावित क्षेत्रका अधिकांश घरहरु हावाहुरीले उडाएर तहसनहस बनाएको छ भने विद्युतका पोलहरु ढलेका कारण गाउँ पुरै अन्धकारमा छ । 

salt training

कमेन्ट गर्नुहोस्