१२ साउन २०८३, मंगलबार

मदिरा सेवन गरेका क्रिकेटर दिमुथ करुणरत्नेकाे लाइसेन्स रद्द, प्रहरी समक्ष क्षमायाचना

मदिरा सेवन गरेका क्रिकेटर दिमुथ करुणरत्नेकाे लाइसेन्स रद्द, प्रहरी समक्ष क्षमायाचना

कोलम्बो-श्रीलङ्काको टेष्ट क्रिकेट टिमका क्याप्टेन दिमुथ करुणरत्नेले सोमबार प्रहरीसँग क्षमायाचना गरेका छन् । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाईरहेका बेला प्रहरीले उनलाई अनुचित व्यवहार गरेको भन्दै पक्राउ गरेको थियो । 

उनको सवारी साधन एउटा ट्याक्सीसँग ठोक्किएको र ट्याक्सीका चालक घाइतेसमेत भएपछि घटना थप विवादित बनेपछि उनले प्रहरीसँग माफी माग्नु परेको हो । घटनामा दोषी देखिएपछि ३० बर्षिय करुणरत्नेको सवारी चालक अनुमतीपत्र रद्द गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । 

उनलाई आगामी मे २ तारिखका दिन ट्रायलको समय पनि तोकिएको छ । देशका चर्चित क्रिकेट खेलाडी करुणारत्नेको स्वास्थ्य परिक्षण गर्न समेत लगाइएको छ । “गत आइतबार उनले गतल दिशाबाट सवारी चलाएपछि ट्याक्सीसँग ठक्कर खाएको थियो भने ट्याक्सीका चालक घाइते भएर अस्पताल लैजानु परेको थियो,” एक प्रहरी अधिकारीले भने । 

प्रहरीको यो आरोपलाई स्विकार्दै श्रीलङ्कामा राष्ट्रिय क्रिकेट खेलाडी करुणरत्नेले आफ्नो तर्फबाट गल्ती भएकोमा क्षमायाचना गरे । 

salt training

कमेन्ट गर्नुहोस्