चैत १९, २०७५
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं – भारतको लोकसभा निर्वाचनमा केरलको वायनाड सीटबाट कांग्रेस अध्यक्ष राहुल गान्धीले उम्मेदवारी दिएपछि लेफ्ट (वामपन्थी) सँग कांग्रेसको सम्बन्ध बिग्रिएको छ । राहुलको उम्मेदवारीका कारण लेफ्टभित्र विवादको स्थिति छ र सीपीएमका महासचिव सीताराम येचुरी एक्लै परेको देखिँदैछ ।
राहुलप्रति नरम दृष्टिकोण राख्ने सीताराम येचुरी पार्टीमा एक्लिएका हुन् ।
वामपन्थी चुनावको मुखमा विवादमा पर्नुभन्दा समान विचारधारा भएका दलसँग तालमेलमा लाग्नुपर्ने येचुरीको भनाइ छ । अहिलेको एक मात्र लक्ष्य भाजपालाई हराउनु हो भन्ने उनको मान्यता छ ।
त्यसका लागि उनले पश्चिम बंगालमा कांग्रेससँग गठबन्धनको प्रयास गरेका थिए र केरलमा उनी नरम देखिएका छन् । तर उनी पार्टीमा एक्लो परेका छन् । पार्टीको ठूलो खेमाले कांग्रेससँग नजिकिनुभन्दा आफ्नो शक्ति बढाउनु उपयुक्त हुने मान्यता लिएको छ ।
लेफ्ट पार्टी र येचुरीका लागि पहिलो झड्का पश्चिम बंगालमा लाग्यो । त्यहाँ येचुरीले कांग्रेससँग सीट बाँडफाँडको सम्झौता नगरिकनै ६ सीट छोडेका थिए । तीमध्ये दुई सीटमा उनैका सांसद थिए ।
तर प्रारम्भिक प्रयासपछि पनि दुई दलबीच गठबन्धन हुन सकेन । दुवै पार्टी मुर्शिदाबाद सीटमा विषयमा अडिए र अन्त्यमा दुवैजनाको बाटो अलग्गियो ।
लेफ्टलाई दोस्रो झड्का केरलको वायनाड सीटमा लाग्यो । राहुल गान्धी उक्त सीटबाट उठेपछि लेफ्ट अलमल्ल प–यो । कांग्रेसले त्यसको आधिकारिक घोषणा गरेपछि येचुरीले तिरुवनन्तपुरममा पत्रकार सम्मेलन गर्नुपर्ने थियो ।
कांग्रेसको निर्णयले लेफ्टलाई आश्चर्यमा पारिदियो । राहुल केरलको वायनाड आउनुलाई लेफ्टले गलत कदम भन्यो । कांग्रेसले लेफ्टलाई एक्लै पारेको हो भन्ने प्रश्नमा पनि येचुरी मौन रहे ।
वायनाडबाट राहुलको उम्मेदवारीका विषयमा पनि येचुरीले अन्य लेफ्ट नेताको तुलनामा नरम दृष्टिकोण अपनाउँदै त्यो अर्को पार्टीको आन्तरिक विषय भएको बताए । कांग्रेसले धर्मनिरपेक्ष दलहरूसँग मिलेर एउटा सन्देश दिनुपर्थ्यो भन्ने उनको विचार रह्यो ।
तर लेफ्टका दिग्गज नेताहरू र केरल युनिटले कांग्रेसमाथि चर्को आक्रमण गरे । प्रकाश करात र केरलका मुख्यमन्त्री पिनराई विजयन समेतका नेताले राहुल गान्धीको यो फैसलाबाट कांग्रेसको लडाईं भाजपाविरुद्ध नभई लेफ्टविरुद्ध भएको बताए ।
एजेन्सी
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...